जापान

गल्कोट समाजको तीज महोत्सवमा नौलाख येन बचत, नयाँ वर्ष २०२५ मा सागीतिक धमाका हुने

गल्कोट समाज जापानले नयाँ वर्ष २०२५ को अवसरमा नेपालका चर्चित कलाकारको उपस्थितिमा सांगीतिक कार्यक्रम गर्ने भएको छ।

हरेक अङ्ग्रेजी नयाँ वर्षको अवसरमा सांगीतिक कार्यक्रम गर्दै आएको समाजले आउँदो नयाँ वर्ष २०२५ को अवसरमा नेपालका चर्चित कलाकारहरूको प्रस्तुति रहने गरी साँगीतिक धमाका गर्न लागेको महासचिव दिलिप कँडेलले जानकारी दिनुभयो ।

सो कार्यक्रम “समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा स्वास्थ्य र खेलकूदमा लगानी”को नारासहित ओसाका, नागोया र टोकियोमा हुने महासचिव कँडेलले जानकारी दिनुभयो ।

यसै गरी समाजले नेपाली नारीहरुको पर्व हरितालिका तिजको अबसरमा आयोजित “तिज धमाका २०२४”बाट संस्थाले नौ लाख चौंध हजार दुई सय सतासी येन बचत गर्न सफल भएको छ ।

कार्यक्रममा कुल आम्दानी २१,१५,१११ एक्काईस लाख पन्ध्र हजार एक सय एघार येन भएकोमा १२,००,८२४ बार लाख आठ सय चौबिस येन खर्च हुदा ९,१४,८२७ येन नौ लाख चौंध हज़ार दुई सय सतासी येन बचत गर्न सफल रहेको संस्थाका कोषाध्यक्ष तथा आर्थिक संयोजक चतुर्भुज सापकोटाले बताउनुभयो ।

सन् २००६ मा गल्कोट क्षेत्रको सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यटकीय, पर्यावरणीय विकासमा हातेमालो गरी गल्कोट क्षेत्रको साथै राष्ट्रको विकासमा टेवा पुर्याउने उद्देश्यले समाज स्थापना भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.