विश्व समाचार

हमासको आक्रमणको एक वर्षको पूर्वसन्ध्यामा इजरायलमा सुरक्षा सावधानी

इजरायलले आफ्नो भूमिमा प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासले अक्टोबर ७ मा गरेको आक्रमणको वर्ष दिनको पूर्वसन्ध्यामा शनिबार आफ्ना सेनालाई तयारी अवस्थामा राखेको छ।

हमासको आक्रमण

इजरायली सैन्य अधिकारीले इरानले गरेको क्षेप्यास्त्र आक्रमणको बदला लिने तयारी गरिरहेको बताएका छन् ।

इजरायलले लेबनानी समूह हिजबुल्लाहसँग युद्ध चर्किरहेका बेला सैन्य प्रमुख लेफ्टिनेन्ट जनरल हर्जी हालेभीले ‘कुनै छुट वा राहत बिना’ आक्रमण हुने बताउनुभएको छ ।

सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हेगारीले अगस्ट ७ को भयानक वर्षगाँठको पूर्वसन्ध्यामा टेलिभिजनमा प्रसारण गरिएको ब्रिफिङमा भन्नुभयो, “हामी यस दिनको लागि थप सेनाको साथ तयार छौं ।”

अक्टोबर ७ मा प्यालेस्टिनी समूहले इजरायलमाथि एक्कासी गरेको आक्रमणमा परी एक हजार २०५ जनाको मृत्यु भएको थियो । आक्रमणमा अधिकांश सर्वसाधारणको मृत्यु भएको थियो ।

एक वर्षपछि पनि गाजामा युद्ध जारी छ भने इजरायलले आफ्नो ध्यान लेबनान र इरान समर्थित हिजबुल्लाहतर्फ केन्द्रित गरेको छ ।

लेबनानको हिजबुल्लाहविरुद्ध इजरायली सेनाले ‘लक्षित’ कारबाही सुरु गरेयता ‘जमिनी र हवाई’ आक्रमणमा करिब ४४० हिजबुल्लाह लडाकू मारिएको बताएको छ ।

इजरायलले आफ्नो देशको उत्तरी क्षेत्रमा हिजबुल्लाहको रकेट आक्रमणका कारण विस्थापित भएका हजारौं नागरिकलाई स्वदेश फर्कन दिने लक्ष्य राखेको जनाएको छ ।

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले मध्यपूर्वका सशस्त्र समूहलाई समर्थन गर्ने तेहरानले इजरायलमा करिब २०० क्षेप्यास्त्र प्रहार गरेपछि इरानबाट ‘खतरा’ रहेको बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.