जन सरोकार

नक्कली नोट कारोबारी सल्बलाउँदै

दैशैँको बेला नक्कली नोटका कारोबारी सल्बलाउन थालेका छन् । यसै क्रममा रौतहटको चन्द्रपुर नगरपालिका १० बाट एक हजार दरका नक्कली नेपाली नोट सहित दुईजना पक्राउ परेका छन् ।

समाचार अनुसार उनीहरुलाई ४७ थान नक्कली नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा गढीमाई नगरपालिका ५ बस्ने ३६ वर्षीय रामकिशोर पटेल र ४० वर्षीय सन्तोष उपाध्याय रहेका छन् ।

इलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको प्रहरीले चपुरबाट गौरतर्फ जाँदै गरेको बिआर ५५ जे ८२९३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.