क्रिकेटखेल

एनपिएलमा ‘ए’ ग्रेडका खेलाडी किन्न होडबाजी, कुन खेलाडी कुन टिममा ?

नेपाल प्रिमियर लिग (एनपिएल)को अक्सनमा सुरु भएको छ । काठमाडौँको सोल्टी होटलमा जारी अक्सनका लागि चार सय २६ जनाले नाम दर्ता गराए भने अक्सनको लागि १४४ जना खेलाडीको नाम छनोट गरिएको छ । अक्सनका लागि ‘ए’, ‘बी’ र ‘सी’ ग्रेड बनाइएको छ ।

एनपिएल

अक्सनमा नेपालका चर्चित खेलाडीलाई किन्न एनपिएलका आठ टिमहरूले प्रतिस्पर्धा गरिरहेका छन् । नेपालका बायाँ हाते स्पिनर साहब आलमलाई अक्सनमा काठमाडौं गुर्खाजले किनेको छ । अक्सनमा १० लाख न्यूनतम मूल्य रहेको आलमलाई लिन पोखरा र काठमाडौंबीच प्रतिस्पर्धा भएकोमा काठमाडौँले बाजी मार्दै आलमले लक्की ड्रमार्फत १५ लाख रुपैयाँ पाएका हुन् ।

त्यस्तै नेपलाी टोलीका स्पिनर ललितनारायण राजवंशीलाई १५ लाख रुपैयाँमा जनकपुर बोल्ट्समा अनुबन्ध भएका छन् । ग्रेड ‘ए’ क्याटोगोरीमा रहेका ललितलाई किन्न आठै टोलीमा इच्छा देखाएका थिए । तर, बिड १५ लाखसम्म पुगेपछि जनकपुरले अन्य टिमलाई पछि पार्दै ललितलाई आफ्नो टिममा राख सफल भयो ।

यस्तै किरण ठंगुन्नालाई १० लाखमा पोखराले किनेको छ । न्यूनतम ५ लाख मूल्य राखेका उनलाई किन्न सुदूरपश्चिम, काठमाडौं, चितवन, लुम्बिनी र पोखराबीच प्रतिस्पर्धा भएको थियो । यसैगरी नेपालबा बायाँ हाते स्पिनर सागर ढकाल १५ लाख रुपैयाँमा पोखरा एभेन्जर्समा पुगेका छन् ।

ग्रेड ए मा रहेका सागरलाई किन्न चितवन, सुदूरपश्चिम, पोखरा र कर्णाली रूची देखाएकोमा लक्की ड्र मा पोखराले पाएको हो । त्यसैगरी नेपाली टोलीका विकेटकिपर अनिलकुमार साह जनकपुर बोल्ट्समा अनुबन्ध भएका छन्।

ग्रेड ‘ए’ मा रहेका उनलाई सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, काठमाडौं गुर्खाज, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स र कर्णाली यक्सले अधिकतम १५ लाख रुपैयाँको बोली लगाएका थिए । गोलाप्रथाबाट उनी जनकपुर पुगे । उनको न्यूनतम मूल्य १० लाख रुपैयाँ थियो।

त्यसैगरी नेपाली अलराउन्डर विवेक यादव लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् । ग्रेड ‘ए’ मा रहेका उनलाई सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स र चितवन राइनोजले अधिकतम १५ लाख रुपैयाँको बोली लगाएकोमा उनी गोलाप्रथाबाट लुम्बिनी पुगेका हुन् ।

त्यस्तै आरिफ शेख सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । सुदूरपश्चिम रोयल्स, काठमाडौं गुर्खाज र कर्णाली यक्सले अधिकतम १५ लाख रुपैयाँको बोली लगाएका आरिफलाई गोलाप्रथाबाट सुदूरपश्चिमले किन्न सफल भयो । यस्तै भीम सार्की काठमाडौं गुर्खाजमा अनुबन्ध भएका छन्।

ग्रेड ‘ए’ मा रहेका उनलाई चितवन, काठमाडौं र कर्णालीले अधिकतम १५ लाख रुपैयाँको बोली लगाउदै किन्न चाहेकोमा गोलाप्रथाबाट काठमाडौंले बाजी मारेको थियो । उनको न्यूनतम मूल्य १० लाख रुपैयाँ थियो।

यसैगरी युवा अलराउण्डर नारायण जोशी १० लाख रुपैयाँमा पोखरा एभेन्जर्सले किनेको छ । न्यूनतम ५ लाख रुपैयाँ मूल्य राखेका जोशीलाई किन्न लुम्बिनी, चितवन, काठमाडौं, पोखरा, विराटनगर र सुदूरपश्चिबीच अक्सनमा कडा प्रतिस्पर्धा भएकोमा लक्की ड्र मार्फत पोखराले बाजी मार्दै उनलाई १० लाखमा पाएको हो ।

यस्तै नेपालका लेग स्पिनर तिलक भण्डारीलाई १० लाख रुपैयाँमा लुम्बिनी लायन्सले किनेको छ ।ग्रेड बी मा आफ्नो न्यूनतम मूल्य ५ लाख राखेका भण्डारीलाई किन्न जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भएको थियो । जसमा लक्की ड्र मा लुम्बिनीले पाएको हो । ।

त्यस्तै नेपालका तीव्र गतिका बलर आकाश चन्द ११ लाख ५० हजारमा पोखराले किनेको छ । यस्तै नेपालका डेथ ओभर स्पेसलिष्ट बलर अभिनाश बोहरा सुदूरपश्चिम रोयल्समा १२ लाख रुपैयाँमा अनुबन्ध भएका छन् ।

न्यूनतम १० लाख रुपैयाँ रहेको बोहरालाई किन्न कर्णाली याक्स र सुदूरपश्चिमबीच प्रतिस्पर्धा भएको थियो । तर, कर्णालीले साढे ११ लाख ५० हजार भन्दा माथिबोली नलगाए पछी बोहरालाई १२ लाखमा सुदूरपश्चिमले पाएको हो ।

यस्तै शंकर रानालाई काठमाडौं गुर्खाजले ९ लाख ५० हजारमा किनेको छ । उनलाई किन्न काठमाडौं र विराटनगरबीच प्रतिस्पर्धा भएमा काठमाडौँले बाजी मारेको हो । त्यस्तै ऋत गौतम ५ लाखमा कर्णाली याक्सबाट खेल्ने भएका छन् ।

न्यूनतम ५ लाख राखेका उनलाई कर्णाली याक्सले मात्रै मूल्य लगाएको हो भने दीपेश कँडेललाई काठमाडौं गुर्खाजले किनेको छ ।न्यूनतम मूल्य ५ लाख राखेका कँडेललाई काठमाडौंले मात्रै मूल्य लगाएको थियो ।

यसैगरी लोकेश बम १५ लाख रुपैयाँमा विराटनगर किंग्समा अनुबन्ध भएका छन् । उनलाई किन्न सुदूरपश्चिम, काठमाडौं, लुम्बिनी, विराटनगर, पोखरा, चितवन र कर्णालीले प्रतिस्पर्धा गरेको उनी लक्की ड्र मार्फत विराटनगरमा पुगेका हुन् । त्यस्तै प्रतिश जिसी विराटनगरमा अनुबन्ध भएका छन् । उनी १५ लाख रुपैयाँमा विराटनगरमा आवद्ध भएका हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.