प्रबास

प्रमोद, अन्जु, निमा र मिलनले तताए डिसी

अमेरिकाको डिसी महानगर क्षेत्रको मनाससमा आयोजना गरिएको दशैं-तिहार महोत्सव २०२४ भव्यताको साथ सम्पन्न भएको छ ।

भर्जिनिया राज्यको प्रिन्स विलियम काउन्टीको फेयरग्राउण्डमा गत अक्टोबर ५ शनिबारका दिन सम्पन्न कार्यक्रममा मौषमले पुरै साथ दिएको थिए ।

कार्यक्रममा गायक प्रमोद खरेल मुख्य आकर्षणका केन्द्र रहेका थिए । उनले आधा दर्जन भन्दा बढी आफ्ना कालजयी र प्रसिद्ध गीत प्रस्तुत गरेका थिए ।

यस्तै गरी मिलन नेवारको त्यतिकै दमदार प्रस्तुती रहेको थियो । उनले पनि आफ्ना चर्चित आधा दर्जन गीतहरु फुलबुट्टे सारी लगाएत गाएकी थिइन् । उनलाई पनि दर्शकहरुले साथ दिएका थिए ।

कार्यक्रममा लोकप्रिय गायिका अन्जु पन्तको बेजोड प्रस्तुति रहेको थियो । उनले पनि नेपाली चलचित्रको सुर्के थैली र नबिर्से तिमीलाई नपाएँ तिमीलाई सहित कम्तिमा आधा दर्जन गीत प्रस्तुती गरेकी थिइन् ।

अन्तिम प्रस्तुतिमा निमा रुम्बा आफ्नो ब्याण्डसहित उत्रेका थिए । रुम्बाले नयाँ गीतहरु सहित पुराना कालजयी गीतहरु रातमा पनि, आउ आउ न जस्ता अत्यन्तै लोकप्रिय गीतहरु प्रस्तुत गरेका थिए ।

मुख्य सांगीतिक प्रस्तुति ६ बजे पछि गरिएता पनि दिउसो १२ ः३० बजे देखि स्थानीय कलाकारहरुले बिभिन्न प्रस्तुति गरेका थिए । थुप्रै प्रस्तुति मध्ये अमेरिकाको भर्जिनियामा मै जन्मेकी प्रकृति देउजाको विशेष प्रस्तुती अद्वितीय रहेको थियो ।

साँझ ६ बजे पछि स्थानीय संगीत मण्डली सम्राट एण्ड ब्याण्ड ,अश्त्र लगायत समेतले प्रस्तुति दिएका थिए । दशैँ तिहार फेस्ट अर्थात् दशैँ तिहार महोत्सव २०२४ मा चङ्गा उत्सव पनि मनाइएको थियो ।

कार्यक्रम वासिङ्टन डिसी, भर्जिनिया र मेरिल्याण्डमा रहेका नेपाली समुदाय तथा नेपाली भाषा, संस्कृति र चाडपर्वलाई मन पराउने विदेशीलाई लक्षित गरी आयोजना गरिएको हो ।

महोत्सवमा दशैं बजार, नेपाली खानाका परिकार, सेलरोटी, गहना पसल र लुगा तथा अन्य विभिन्न सामानका प्रदर्शनी कक्षहरु रहेका थिए ।

महोत्सवमा दिउँसोको समय मंगलधुन, लाखे नाच,धिमे नाच, पुलुकिसी, रथ प्रदर्शनी लगायतका सांस्कृतिक कार्यक्रम तथा तामाङ, नेवार, गुरुङ र अन्य जातजातिका पहिचान झल्किने प्रस्तुति भएका थिए । अमेरिकाको भ्रमणमा रहेकी अन्जली अधिकारीले पनि आफ्ना चर्चित गीतमा अद्वितीय नृत्य प्रस्तुति गरेकी थिइन् ।

थ्री इन्टरटेन्टमेन्टले आयोजना गरेको दशैँ तिहार महोत्सवमा भाग्यशाली चिट्ठा बिजेताहरुका समेत घोषणा गरिएको थियो । गत वर्ष सफलतापूर्वक सम्पन्न दशैँ तिहार महोत्सव २०२४ तेश्रो महोत्सव हो ।

कार्यक्रमको मुख्य प्रायोजक अनेष्ट रियल स्टेटले गरेको थियो भने संचालक अन्जना बुढाथोकीले सबैलाई धन्यबाद दिएकी थिइन् । कार्यक्रमको सुरु मै स्थानीय नेताहरु समेतले शुभकामना सहित छोटोमा आफ्ना भनाई राखेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.