कला/मनोरन्जनकलिउड

परदेशीको खुसी, सहानुभूति र वियोगको मिश्रण “फर्किन्छु यसपाली” (भिडियोसहित)

गीतकार दीपेन्द्र अधिकारीले दशैंको अवसर पारेर परदेशीका युवाहरुको भावनालाई समेट्दै प्राकृतिक विपत्तिले खोसेको खुसीलाई सुन्दर गीत र भिडियोमार्फत सार्वजनिक गर्नुभएको छ ।

परदेशमा चाडबाडको रमझम, गाउँघरमा आमाबाबुको छटपटी, कामको चाप जस्ता बाध्यताकाबीच परिवारकै सुखका लागि परदेशिएका युवाहरुको व्यथा गीतले समेटेको छ ।

नेपालीहरुको राष्ट्रिय पर्व दशैं र तिहारको पूर्ण झल्को दिने गरी तयार भएको गीतको म्यूजिक भिडियोले गाउँघरको याद र न्यास्रोपन केही हदसम्म मेटाउने जमर्को गरिएको छ ।

म्यूजिक भिडियोको अन्त्यतिर नेपालको बाढी, पहिरो, डुबान तथा दशैं तिहारका बेला हुने सडक दुर्घटनाको सन्दर्भलाई मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।

दीपेन्द्र अधिकारीको रचना, साहश शाक्यको संगीत र स्वर तथा एरेन्ज रहेको ‘फर्किन्छु यसपाली’ डिए क्रियशनबाट सार्वजनिक भएको गीतको मिक्सिङसुदेस्ना इन्टरटेनमेन्ट एण्ड अकाउस्टिक नेपाल र मास्टरिङ चन्द्र चौधरीको छ ।

प्रस्तुत गीतको भिडियो रोहन नेपालीले निर्देशन गर्नुभएको छ भने डिओपी अनुप गुरुङ, सम्पादन नहकुल खड्का, श्रृङ्गार जय गुरुङ तथा पोष्ट प्रडक्सन नताशा क्रियशनको रहेको छ ।

खुसी, उमंग र वियोगले भरिएको म्यूजिक भिडियोमा तेज गिरी, प्रकाश घिमिरे, मधु क्षेत्री, प्रमिला तुलाचन, विनोद नेपाली र सुमन कार्कीले सशक्त अभिनय गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.