राजनीति

अब रेडियो नेपाल र नेपाल टेलिभिजन एउटै नेतृत्वमा

सरकारी स्वामित्वमा रहेका दुई ठूला प्रसारण संस्था रेडियो नेपाल र नेपाल टेलिभिजनको एकीकरण गरी एउटै नेतृत्व मातहत ल्याउने बाटो खुलेको छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएसंगै सो बाटो खुलेको हो ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

उक्त विधेयक सङ्घीय संसद्का दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयसमक्ष प्रस्तुत गरेका थिए। विधेयक प्रमाणीकरण भएर कानुन बनेसँगै रेडियो नेपाल र नेपाल टेलिभिजनको एउटै नेतृत्वको मातहतमा सञ्चालन हुनेछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.