जन सरोकार
दशैंं मान्न तेह्र लाख मानिस उपत्यकाबाट बाहिरिए
नेपालीहरुको राष्ट्रिय पर्व बडा दशैं मान्न काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।
अठार लाख मानिस दशैं मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासङ्घका अध्यक्ष विजय स्वारले राससलाई जानकारी दिनुभयो ।
“हामीले यस वर्ष दशैंमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेका थियौँ”, उहाँले भन्नुभयो, “तर मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर पनि १३ लाख बाहिरिएका छन् ।” अघिल्लो वर्षको दसैँमा १८ लाख मानिस काठमाडौँबाट बाहिरिएका थिए ।
प्रतिक्रिया राख्नुहोस्