प्रबास

नेपाली समुदायलक्षित ‘खसोखास’लाई अमेरिकामा एकलाख डलरको पुरस्कार

विगत १३ वर्षदेखि अमेरिकामा रहेका नेपाली तथा नेपालीहरुका लागि अमेरिकाको अध्यागमन कानुन, रोजगारीको अवस्था लगायतका सूचना प्रवाहमा सक्रिय संचारमाध्यम खसोखासले अमेरिकामा एक लाख डलरको पुरस्कार प्राप्त गरेको छ ।

पत्रकार किशोर पन्थीद्वारा अमेरिकाको न्युयोर्कबाट नेपाली समुदायका लागि संचालित सामुदायिक संचारमाध्यम खसोखासलाई स्थानीय पत्रकारितामा रिक्तता भरेको ठहर गर्दै एक लाख डलरको प्रेस फरवार्ड पुरस्कार प्रदान गरिएको हो ।

स्थानीय नेपाली पत्रकारितालाई अझ सुदृढ गर्नका लागि १ लाख डलर राशीसहित खसोखासलाई राष्ट्रिय पहल प्रेस फर्वार्डबाट सम्मान प्रदान गरिएको हो ।

राष्ट्रिय प्रेस फर्वार्डले मूलधारका सञ्चारमाध्यमहरूमा परम्परागत रूपमा वञ्चित रहेका समुदायहरूमा समाचार कभरेजका खाडलहरू बन्द गर्ने लक्ष्य राखेको छ।

पुरस्कार प्राप्त गरेपछि खसोखासका प्रधान सम्पादक तथा प्रकाशक किशोर पन्थीले “प्रेस फर्वार्डबाट यो अनुदान पुरस्कार प्राप्त गर्न पाउँदा हामी अविश्वसनीय रूपमा गर्वको अनुभव गरिहको बताउँदै निशर्त प्रदान गरिएको १ लाख डलर हाम्रो लागि आर्थिक सहयोग मात्र होइन, यो हामीले विगत १३ वर्षहरूमा महत्त्वपूर्ण कभरेज अन्तरलाई सम्बोधन गर्नका लागि गरेको समर्पण र प्रयासको प्रमाणको रुपमा लिएको” बताउनुभएको छ ।

अमेरिकामा पहिलो नेपाली साप्ताहिक पत्रिकाका रुपमा सन् २०१२ मा सुरु भएको खसोखास अध्यागमन र नेपाली समुदायका कथाहरुदेखि न्युयोर्कको क्वीन्स र बाहिरका स्थानीय समाचारहरू सम्म नेपाली समुदायलाई प्रभाव पार्ने मुद्दाहरू कभर गर्न अग्रपंक्तिमा रहेको छ।

सन् २०२० मा कोरोना महामारीपछि सम्पूर्णरुपमा डिजिटल बनेको खसोखासले वर्षौंदेखि नेपाली समुदायलाई महत्वपूर्ण जानकारीसँग जोड्ने स्रोत र खोजमुलक सामाग्रीहरु प्रकाशित गर्दै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.