जन सरोकार

मृत अवस्थामा सात जना फेला

काठमाडौँसहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-९ मण्डिखाटार डेरा गरी बस्ने नुवाकोट घर भएका ३० वर्षीय सुजन तामाङ आफू बस्ने घरको गेट अगाडी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै बारा, प्रसौनी गाउँपालिका-१ त्रिवेणीस्थित गण्डक नहरमा पर्सा वीरगंज महानगरपालिका-३ छप्कैया बस्ने २५ वर्षीय विरेन्द्र साह सुनार बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै कालिकोट, खाँडाचक्र नगरपालिका-१ स्थित नेपाल टेलिकमको टावर नजिक सोही नगरपालिका-१ डेरा गरी बस्ने दैलेख चामुण्डा बिन्द्रासैनी-१ विशाला घर भएका ४५ वर्षीय राजु भन्ने राजेन्द्र सिजाली मगर बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

उता सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-८ केउरेनी स्याङबोखोर बस्ने ६० वर्षीय मेघनाथ गिरी सोही ठाउँस्थित बारीमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी डोटी, के.आई सिंह गाउँपालिका-२ तिखात्तरस्थित क्याम्पभित्र अर्घाखाँची सितगंगा नगरपालिका-८ घर भएका ४५ वर्षीय गोपाल रेश्मी बुधबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी बारा, सुवर्ण गाउँपालिका-५ औरैयास्थित कबही बरियापुर सडकको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २६ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यता काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-४ गोकर्ण माइती नेपालस्थित प्रतिक्षालयमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.