क्रिकेटखेल

नेपालद्वारा अमेरिका सामू जितको लागि १६५ रनको लक्ष्य

अमेरिका र नेपालबीचको पहिलो टी-२० आई खेलमा नेपालले घरेलु टोली अमेरिका सामू जितको लागि १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको गरेकोको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले ३३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४९ रन बनाए भने दीपेन्द्र सिंह ऎरि ले १७ बलमा २ चौका र १ छक्कासहित २८ रन जोडे ।

यी दुईले पाँचौं विकेटका लागि ३८ बलमा ६६ रनको साझेदारी गरेका थिए । त्यस्तै ओपनर आसिफ शेख र अनिल साहले समान २७-२७ रन जोड्दा गुल्सन झाले ११ रकुशल भुर्तेललाई १० रन बनाए ।

अमेरिकाका लागि हरम्रीत सिंह र सौरभ नेत्रवालकर र जसदीप सिंहले समान २-२ विकेट लिए भने विकेट लिए भने अली खान र नोष्थुश केंजिगेको भागमा समान १-१ विकेट रह्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.