जन सरोकार

बिरामी बोक्ने एम्बुलेन्सबाट अवैध ओसारपसारमा (भिडियो)

बिरामी बोक्ने एम्बुलेन्सलाई सुरक्षा जाँच तथा कुनै सवारी अवरोध नहुने भएकाले यसको दुरुपयोग गरी अवैध सामान ओसारपसार गर्ने गरिएको पाइएको छ ।

यसै क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको परिवार नियोजन संघ सर्लाही शाखाको नाम लेखिएको को १ च ५८९६ नम्बरको एम्बुलेन्सबाट ठूलो मात्रामा पटाकासहित भन्सार छलीको सामान बरामद गरिएको हो ।

सर्लाही सदरमुकाम मलङ्गवा–८ स्थित रहेको सर्लाही भन्सार कार्यालयको चेक पोष्टमा बिहिवार साँझ खटिएका भन्सार कर्मचारी र सशस्त्र प्रहरीले एम्बुलेन्सलाई चेक जाँच गर्ने क्रममा पटका तथा किराना समानहरु बरामद भएपछि प्रहरीले एम्बुलेन्स र चालकसहित ३ जनालाई नियन्त्रणमा लिएका छन् ।

पटका बरामद भएको एम्बुलेन्सबाट १४ प्रकारका ४ बोरा पटाका, रेडबुल, रजनीगन्धालगायत ३३ किसिमका किराना समान बरामद भएको सर्लाही भन्सार कार्यालयका निमित प्रमुख भन्सार अधिकृत डम्बरबहादुर बस्नेतले जानकारी दिनुभयो ।

भारतको सोनबरसाबाट मलङ्गवातर्फ आउँदै गरेको सो एम्बुलेन्सलाई भन्सार कार्यालयका कर्मचारी तथा सशस्त्र प्रहरीले शंका लागि चेकजाँच गर्दा पटका र भन्सार छलीका समान बराद भएको हो ।

प्रहरीले एम्बुलेन्सका चालक हरिवन नगरपालिका–११ निवासी ३६ वर्षीय विक्रम आचार्य, पटका ल्याउने ३६ वर्षीय मनोज रजक र किराना सामान ल्याउने ४३ वर्षीय छोटेलाल दासलाई नियन्त्रणमा लिएको छ ।

एम्बुलेन्सबाट बरामद पटका, किराना समान चालकसहित तीनैजनालाई जिल्ला प्रहरी कार्यालय सर्लाही मलङ्गवामा लागिएको छ भने एम्बुलेन्स भन्सार कार्यालयमै रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.