राजनीति

उपप्रधानमन्त्री सिंहद्वारा स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउन छलफल

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउने गरी छलफल सुुरु गर्नुभएको छ ।

पुल्चोकस्थित स्थानीय पूर्वाधार विकास आयोजनाको सभाहलमा शुक्रबार आयोजनाका महानिर्देशकसहित सातै प्रदेशका आयोजना प्रमुखसँगको समीक्षात्मक छलफलमा उहाँले कार्य प्रगतिबारे जानकारी लिनुभयो ।

उपप्रधामनमन्त्री सिंहले आयोजना कार्यान्वयनका समस्या पहिचान गरी कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । “तपाईहरूसँगको छलफलपछि समस्या के छ ? भन्ने जानकारीमा आएको छ । यो छलफल परिणामका लागि हो । समस्या सुन्ने मात्र होइन समाधानका लागि पहल गर्छु”, उहाँले भन्नुभयो ।

छलफलमा आयोजनाअन्तर्गत सातै प्रदेशका आयोजना प्रमुखले चालु आर्थिक वर्षमा भएका उपलब्धि, भोग्नुपरेका समस्या र भइरहेका कामबारे प्रस्तुतीकरण राख्नुभएको थियो । यस्तै, असोजमा आएको बाढीका कारण भएको क्षति र बाढीपछि भएका कामबारे पनि जानकारी गराइएको थियो ।

आयोजना प्रमुखहरूले पूर्वतयारी भएका आयोजनामा बजेट नपर्ने तर नयाँ आयोजना थपिने क्रम जारी रहने, एउटै आयोजनामा पनि दोहोरोपनाको समस्या रहेकाले यस्तो काम रोक्नुपर्नेमा जोड दिएका थिए ।

मन्त्रालयका सचिव मणिराम गेलालले छलफलले चालु आवको विनियोजित कार्यक्रमहरू सम्पन्न गर्न देखापरेका समस्या, समाधानका उपाय र आयोजनाका तर्फबाट विभाग र मन्त्रालयसँगको अपेक्षाबारे धेरै विषय प्रष्ट भएको बताउनुभयो । यसले आगामी दिनमा काम गर्न थप सहज हुने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.