क्रिकेटखेल

अमेरिकाविरुद्धको टी-२० आई सिरिज नेपाललाई, सुपर ओभरमा अमेरिका पराजित

सुपर ओभरमा अमेरिकालाई पराजित गर्दै गर्दै नेपालले अमेरिकाले टी-२० आई सिरिज जितेको छ । आइतबार बिहान भएको दोस्रो खेलमा सुपर ओभरमा अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै नेपालले तीन खेलको सिरिज २-० ले आफ्नो पक्षमा पारेको हो ।

टी-२० आई सिरिज नेपाललाई

सिरिजअन्तर्गत दोस्रो खेल बराबरीमा टुंगिएपछि सुपर ओभरमा पुगेको थियो । अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस जितेर पहिला ब्याटिङको गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले ५४ बलमा ६ छक्का र ७ चौकाको मद्दतमा अविजित रहँदै ९२ रनको अर्धशतकीय पारी खेले भने ओपनर अनिलकुमार शाह २५ रन बनाए । त्यस्तै गुलसन झा १९ रन जोड्दा कप्तान रोहितकुमार पौडेलले १८ र करण केसी ६ रनमा अविजित रहे।

अमेरिकाका लागि जसदीप सिंह र नोस्थस केन्जीगेले समान २-२ विकेट लिए भने सौरभ नेत्राभलकरको भागमा एक विकेट रह्यो । नेपालले दियो १७१ रन पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेटमको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा अमेरिकाले दिएको ३ रनको लक्ष्य पछाएको नेपालले ४ बलमा नै पुरा गर्दै जित हासिल गरेको थियो ।

त्यसअघि १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रननै बनायो। अमेरिकाका लागि आन्द्रेस गौसले ६२ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।

त्यस्तै सैतेजा मुकमलाले ४७ रन जोड्दा मिलिन्डा कुमारले १५ तथा सायन जहांगिरले १४ रन बनाएका थिए । नेपालका लागि करण केसीले ३ विकेट लिए भने सोमपाल कामीले २ विकेट लिंदा सागर ढकाल तथा दिपेन्द्र सिंह ऐरीको भागमा समान १-१ विकेट रह्यो ।

यसअघि भएको पहिलो टी–२० सिरिजमा नेपालले अ‍ेमिरकालाई १७ रनले पराजित गरेको थियो । अब सिरिजको अन्तिम खेल भोलि बिहान हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.