राजनीति

पोखरामा नियन्त्रण गर्न नसकिने भीड, सुरक्षा सम्वेदनशीलतालाई ध्यान दिन प्रजिअको अनुरोध

सहकारी ठगी र संगठित अपराध गरेको आरोपमा पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएपछि पोखरामा जनसागर उर्लिएको छ ।

आइतबार लामिछानेलाई अदालतल पेश गर्ने तयारीकाबीच सडकमा रास्वपा समर्थकको बाक्लो भीड लागेको छ । उनीहरुले सहकारी पीडितलाई न्याय दे, निर्देष फसाउन पाइँदैन भन्दै नारा लगाइरहेका छन् ।

त्यसै सहकारी पीडितहरुको अर्को समूह पनि सडकमा उत्रिएको छ । यस्तोमा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सहकारी पीडित र रास्वपाका नेता कार्यकर्ताहरुलाई अनुसन्धानमा सघाउन आग्रह गर्नुभएको छ ।

प्रजिअ पाण्डेले रास्वपाका नेता–कार्यकर्ता र सहकारी पीडितहरु दुबैपक्ष प्रदर्शनमा उत्रिने भएपछि सुरक्षा संवेदनशीलतालाई ध्यान दिन अपिल गर्नुभएको हो ।

लोकतान्त्रिक अभ्यास गर्न पाइए पनि आफूले गर्दा अरुलाई असर नपरोस् भन्नेतर्फ ख्याल गर्न अनुरोध गर्दै प्रजिअ पाण्डेले भन्नुभयो, “विरोध र समर्थनमा गर्ने कार्यक्रमहरु शान्तिपूर्ण हुनुपर्छ, लोकतन्त्रको अभ्यास गर्न पाइयो तर आफूले गर्दा अरुलाई डिस्टर्ब हुने, शान्ति सुरक्षा भंग हुने खालको गतिविधि गर्नु भएन, उच्छृङ्खल गतिविधि गर्नु भएन ।

रास्वपासंगै सहकारी पीडितहरुले पनि न्याय माग्दै प्रदर्शन गर्न सार्वजनिक आह्वान गरेका छन् । सहकारी पीडित र रास्वपा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिँदा तनाव सिर्जना हुनसक्ने भएकाले पोखराको सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.