जन सरोकार

मृत अवस्थामा चार जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । सुनसरी, धरान उपमहानगरपालिका-१७ स्मृतिमार्ग बस्ने ३८ वर्षीया उमा सार्की आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै स्याङ्जा, भिरकोट नगरपालिका-९ सिस्नेरीस्थित खोलामा सोही नगरपालिका सिलडाँडा बस्ने ५५ वर्षीय ओम बहादुर सार्की शनिबार मृत अवस्थामा फेला परेका छन् । यस्तै दाङ, तुलसीपुर उपमहानगरपालिका-२ कुमलगडि बस्ने २९ वर्षीय रजमान चौधरी आफ्नै
घर नजिक रहेको कुवामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यता चितवन, भरतपुर महानगरपालिका-१८ हरियार पार्कस्थित नारायणी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.