राजनीति

लामिछानेलाई बुधबारसम्म हिरासतमा राख्ने अनुमति

जिल्ला अदालत कास्कीले पूर्व उपप्रधान तथा गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति दिएको छ ।

रवि लामिछाने

जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासमा छ दिन हिरासतमा राख्न आदेश दिएसंगै लामिछाने बुधबारसम्म हिरातमै बस्नुपर्ने भएको हो।

गत शुक्रबार काठमाडौंबाट पक्राउ गरी पोखरा लगिनुभएका लामिछानेलाई आइतबार म्याद थपका लागि कास्की जिल्ला अदालत लगिएको हो । कास्की प्रहरीले बुधबारसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउनेछ।

पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिना अभियोगमा लामिछाने पक्राउ पर्नुभएको हो। संसदीय छानबिन विशेष समितिले सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा आएको औंल्याउँदै आवश्यक छानबिन र कारवाही गर्न सिफारिस गरेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.