क्रिकेटखेल

नेपालद्वारा अमेरिकाविरुद्धको टी-२० सिरिज क्लिन स्विप, अमेरिका ८ विकेटले पराजित

अमेरिकाविरुद्धको टी-२० सिरिज नेपालले क्लिन स्विप गरेको छ । सोमबार बिहान भएको खेलमा घरेलु टोलीलाई ८ विकेटले पराजित गर्दै नेपालले तीन खेलको सिरिज ३-० ले जित्दै सिरिज क्लिन स्विप गरेको हो ।

टी-२० आई सिरिज नेपाललाई

डालासमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको हो । अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८ रनको अर्धशतकीय पारी खेले भने मिलिन्ड कुमारले ४३ रन जोड्दा आरोन जोन्सले १३ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने, रिजन ढकाल र ललित राजवंशीको भागमा समान १-१ विकेट रह्यो । अमेरिकाले दिएको १५७ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले १८ दशमलव ४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालको लागि आसिफ शेखले ३९ बलमा ५ चौका र २ चकको मद्दतमा ५० रनको अर्धशतकीय पारी खेले भने कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा अविजित रहे । त्यस्तै अनिल शाह १३ रन बनाई आउट भए ।

अमेरिकाको लागि जसदीप सिंह र जुवानाय ड्राइसडेलले समान १-१ विकेट लिए । यसअघि भएको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले र दोस्रो खेलमा सुपर ओभरमा पराजित गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.