राजनीति

पैसा नै नभएको कि मगन्ते सोच नगएको ?

मुलुकको आर्थिक अवस्था सुधारिंदै गएको, विप्रेषण बढेको, वैदेशिक मुद्रा संचिति बढेको भन्दै अर्थतन्त्र लयमा आइरहेको दावी गरिहँदा ३८ वटा कार र ७५ वटा मोटरसाइकल पनि किन्न नसक्ने अवस्थामा सरकार रहेको देखिएको छ ।

अर्थतन्त्र सुधार भएको र देशको ढुकुटी बलियो छ भने सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको प्रतिनिधिमूलक थलो संसदको सचिवालयले भारतसंग ३८ वटा कार र ७५ वटा मोटसाइकल माग्नुको कारण के हो ?

सार्वजनिक भएको समाचार अनुसार संसद सचिवालयले अर्थ मन्त्रालयमार्फत ती सवारीसाधन प्राप्तीका लागि गृहकार्य अगाडि बढाएको छ ।

भारत सरकारबाट सहयोग प्राप्त हुने विश्वास रहेकाले संसद सचिवाललयका पदाधिकारी र कर्मचारीका लागि आवश्यक सवारी साधनका अर्थ मन्त्रालयमार्फत गृहकार्य अगाडि बढेको बताइएको छ ।

नेपालका शासक, प्रशासकहरु झिनामसिना कुरामा पनि विदेशीका अगाडि हात पसार्छन् र उनीहरु नै भन्छन् विदेशी हस्तक्षेप बढ्यो । नेपालको शासन प्रशासनको सबभन्दा ठूलो दुर्भाग्य नै यही हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.