जन सरोकार

छोटै समयमा जडान भयो सुनकोशीमाथि बेलीब्रिज, यातायात संचालन

असोज १०, ११ र १२ गतेको भीषण वर्षापछि सुनकोशी नदीमा आएको बाढीले बगाएको बीपी राजमार्ग अन्तर्गत सिन्धुली-रामेछाप जोड्ने बेलिब्रिज नेपाली सेना र प्राविधिक टोलीले निर्माण सम्पन्न गरी सवारी आवागमन खुलाएको छ ।

बाढीले बगाएको रामेछापतर्फ जोड्ने पुलको एउटा खण्डमा प्राविधिक एवम् नेपाली सेनाको टोलीले बेलिब्रिज निर्माण गरेसँगै मंगलबारदेखि नै सवारीसाधन सञ्चालन आएको हो ।

दुई दिनको भीषण वर्षपछि असोज १२ गते बाढीले क्षतिग्रस्त बनाएको सो पुल पुननिर्माण गरिए पश्चात भारबहन क्षमता परीक्षण गरी सवारीसाधन सञ्चालनमा ल्याइएको हो ।

छोटै समयमा पुल जडान सम्पन्न गर्ने बेलिब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाको टोलीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मंगलबार सम्मान गर्नुभएको छ ।

मंगलबार बीपी राजमार्ग अन्तर्गत सिन्धुली एवम् रामेछापको सडक अनुगमन गर्दै पुल निरीक्षणका लागि पुगेका मन्त्री दाहालले विपत्तिका कारण अवरुद्ध भएको यातायात सञ्चालनका लागि खटिने सबै पक्ष धन्यवादको हकदार रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.