जन सरोकार

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

धनुषा, धनौजी गाउँपालिका-२ गोद्राहास्थित सडकमा देउरीबाट कटैयातर्फ जाँदै गरेको बा.३ ख ९०६५ नम्बरको बसको ठक्करबाट साइकलयात्री धनौजी गाउँपालिका-२ गोद्राहा बस्ने बिरेन्द्र कुमार मण्डलकी छोरी ११ वर्षीया आरोही कुमारी मण्डलको मंगलबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै सोही विषयलाई लिएर स्थानीयहरूले बसमा आगजनी गर्दा बस पूर्ण रूपमा जलेर क्षति भएको छ ।

प्रहरीले हाल फरार बस चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.