कर्पोरेट/पर्यटन

भिस्टारा एयरवेजको विमानमा बम राखेको हल्लापछि त्रिभुवन विमानस्थलमा तनाव

बुधबार विहान भारत राजधानी नयाँदिल्लीबाट १ सय ५७ यात्रु बोकेर काठमाडौं आएको भिस्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएपछि तीनघण्टा विमानस्थलमा तनाव उत्पन्न भयो ।

भारतीय निजी वायुसेवा कम्पनी भिस्टाराको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको जहाजमा दिल्लीबाटै बम राखेको खबर आएपछि नेपाली सेनाको टोलीले ‘अनग्राउन्ड’
गरेर खोजतलास गगरेको थियो । ।

पछिल्लो समय भारतीय जहाजहरूमा बम राखेको हल्ला फैलिने क्रम बढेको छ । यसैको निरन्तरतामा भारतको एउटा ह्वाट्स एप नम्बरबाट भिस्टाराको उडान नम्बर ‘यूके १५५’ भएको जहाजमा बम राखिएको कल आएपछि सुरक्षा निकायले जहाजमा सर्च गरेका थिए ।

बम राखिएको हल्लापछि करिब तीन घण्टा रोकिएको भिस्टारा एयरवेजको जहाजमा खोजतलासपछि खरामुक्त रहेको प्रमाणित भएको छ । सो जहाज अब भारत नयाँदिल्लीका लागि उडान गर्ने क्रममा छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.