जन सरोकार

जुवातास खेलिरहेको अवस्थामा ३६ जना पक्राउ

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३६ जना पक्राउ परेका छन् । ललितपुर, महालक्ष्मी नगरपालिका-८ लुभुस्थित निरन्जन पाण्डेको पिस हिल रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा रामेछाप दोरम्बा घर भई काठमाडौं सुन्धारा बस्ने ३३ वर्षीय सुमन श्रेष्ठ समेत १२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

जुवातास

जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७ लाख ३० हजार रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो । त्यस्तै रूपन्देही, मायादेवी गाउँपालिका-८ बसडिलवास्थित महाशारदा प्लाष्टिक एण्ड स्केप सप्लायर्समा जुवातास खेलिरहेको अवस्थामा ओमसतिया गाउँपालिका-४ बस्ने ३८ वर्षीय रूपेश गुप्ता समेत ५ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८९ हजार ९० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस्तै काभ्रे, पनौती नगरपालिका-९ रातेमाटेस्थित लक्ष्मी थोकरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५६ बर्षीय कान्छा राम घिसिङ समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । उता बर्दिया, गुलरिया नगरपालिका-१० थारू पर्सियास्थित खेतबारीबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० बस्ने ५० वर्षीय दुलारी यादव समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ हजार ८ सय ५५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यता कैलाली, गोदावरी नगरपालिका-३ मुक्ति शिबिर जंगलको खुल्ला चौरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ मालाखेती बस्ने ४१ वर्षीय जगत सुनार समेत ८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३५ हजार ७ सय ७२ रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.