जन सरोकार

मृत अवस्थामा आठ जना फेला

काठमाडौँसहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा आठ जना फेला परेका छन् । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ पात्लेबन ठोस्ने खोलामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै चितवन, भरतपुर महानगरपालिका-४ शिवघाटस्थित नारायणी नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस्तै कपिलवस्तु, शिवराज नगरपालिका-६ बिरपुरस्थित अटल प्लाई फ्याक्ट्रीमा लेवर काम गर्ने रूपन्देही तिलोत्तमा नगरपालिका-९ बस्ने २८ वर्षीय अशोक चौधरी सोही फ्याक्ट्रीमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

उता झापा, कमल गाउँपालिका-३ केर्खा चोक डेरा गरी बस्ने ताप्लेजुङ सिरीजंघा गाउँपालिका-१ घर भएका ५७ वर्षीय तिलध्वज लिम्बु आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् । यता बाँके, कोहलपुर नगरपालिका-१४ बैजानाथपुर बस्ने ३७ वर्षीय चन्द्र बहादुर बिक आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै डडेल्धुरा, पर्शुराम नगरपालिका-५ परिगाउँ बस्ने ५३ वर्षीय खेम सिंह पाली सोही नगरपालिका-६ करालीस्थित महाकाली नदीको किनारमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी जाजरकोट, नलगाड नगरपालिका-५ नलगाड खोला नजिक सडकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यता काठमाडौं, कागेश्वरी नगरपालिका-३ महादेब खोलास्थित खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.