एन आर एन न्युज

एनआरएन ग्लोबल कन्क्लेभ–२०२४ “रूपान्तरण र एकता : श्रम, लगानी, र नागरिकताको निरन्तरता”

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आफ्नो स्थापना दिवसको अवसरमा “रूपान्तरण र एकता : श्रम, लगानी, र नागरिकताको निरन्तरता” भन्ने मुख्य नारासहित ‘एनआरएन ग्लोबल कन्क्लेभ–२०२४’ गर्ने भएको छ ।

यही अक्टोबर २७ –२८ २०२४ तदनुसार कार्तिक ११ र १२ गते काठमाडौंको होटल सोल्टीमा ग्लोबल कन्क्लेभसंगै वार्षिक साधारण सभा समेत आयोजना हुन लागेको हो ।

आइतबार विहान प्रधानमन्त्री श्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रममा मन्त्रीज्यूहरु, उच्च पदस्थ पदाधिकारीसहित स्वदेश तथा विदेशबाट उच्च पदस्थ व्यक्तित्व एवं विज्ञहरूको सहभागिता रहने कार्यक्रममा ७ वटा प्लेनरी सत्र रहनेछन् ।

कार्यक्रमको पहिलो दिन २७ अक्टोबर २०२४ मा नेपालमा आर्थिक रुपान्तरका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पीएनआ), जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरण सम्बन्धी विषयमा घनीभूत छलफल हुनेछ ।

कार्यक्रमको दोस्रो दिन २८ अक्टोबर २०२४ मा राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तिकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा र नेपाल पर्यटन प्रवर्धन स् नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिका लगायतका सत्रहरु समावेश गरिएका छन् ।

स्थानीय र प्रदेश सरकारसँग सहकार्य गर्ने उद्देश्यले स्थानीय तहका प्रमुख तथा प्रदेश स्तरका मन्त्रीको सहभागिता हुने कार्यक्रमले विश्वभर रहेका गैरआवासीय नेपालीहरू, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, नीतिनिर्माण तहका विज्ञहरू, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरु तथा बौद्धिक समुदायलाई एकै स्थानमा ल्याई गहन छलफलको मञ्च उपलब्ध गराउने विश्वास लिएका छौँ।

यस अवसरमा एनआरएन डेभलप्मेन्ट फण्ड (१० अर्बको फण्ड) को सञ्चालनका लागि भइरहेको अन्तिम तयारीबारे नेपाल सरकारका मन्त्रीज्यू लगायत सरोकारवालासँग छलफल हुनेछ ।

यस अवसरमा हामी हामी नेपालको आर्थिक विकासका सम्भावनाहरु र चुनौतीहरुका बारेमा छलफल गर्नेछौं। हाम्रो उद्देश्य विदेशी लगानी आकर्षित गर्ने र नेपाललाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउने पनि हो । समग्रमा यस ग्लोबल कन्क्लेभले नेपाल सरकार, गैरआवासीय नेपाली समुदाय, र अन्य सरोकारवालाहरूबीच सहकार्यको वातावरण सिर्जना गरिने अपेक्षा गरिएको छ ।

यसैबीच २८ अक्टोबर २०२४ तदनुसार कार्तिक १२ गते गैरआवासीय नेपाली संघको विधान अनुसार नियमित वार्षिक साधारण सभा आयोजना गरिनेछ ।

संघका ६० भन्दा बढी देशका प्रतिनिधिहरुले प्रत्यक्ष र भर्चुर्अल माध्यमद्धारा सहभागीता जनाउने छन् । साथै आर्थिक तथा वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरिनेछ । साधारण सभामा सहभागी हुन गैरआवासीय नेपाली संघका अधिकांश पदाधिकारीहरु, तथा साधारणसभा प्रतिनिधिहरु काठमाण्डौं आइसक्नु भएको छ ।

एनआरएनए अन्तराष्टिट्रय समन्वय परिषद्का महासचिव गौरीराज जोशीद्वारा जारी विज्ञप्तिमा ग्लोबल कन्क्लेभ गैरआवासीय नेपालीलाई नेपालसँग जोड्ने मार्ग पनि ठानेको जनाउँर्दै कार्यक्रममा स्वदेश तथा विदेशका ५ सयभन्दा बढी व्यक्तित्वको सहभागिता रहने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.