राजनीति

चितवनमा रास्वपाको प्रदर्शन, काठमाडौं केन्द्रित आन्दोलन छिट्टै तय हुने

एक सातादेखि पोखरामा बिरोध प्रदर्शन गर्दैआएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार चितवनमा पनि प्रदर्शन गरेको छ। काठमाडौंमा गर्ने भनिएको प्रदर्शन भने स्थगित भएको छ ।

सहकारी ठगी र संगठित अपराधको आरोपमा प्रहरी हिरासतमा रहनुभएका आफ्ना पार्टी सभापति रवि लामिछानेको पक्षमा रास्वपा कार्यकर्ताहरूले शनिबार दिउँसो चितवनको नारायणगढमा प्रदर्शन गरेको हो ।

उनीहरूले नारायणघाटको पुल्चोकमा दिउँसो आधा घन्टा राजमार्ग अवरूद्ध गरेर प्रदर्शन गरेका हुन् । राजमार्ग ठप्प हुँदा राजमार्ग हुँदै चल्ने सवारी साधनहरू रोकिएका थिए।

रवि लामिछाने पक्राउ परेपछि उनीप्रति सरकारले प्रतिशोध साँधेको भन्दै रास्वपा आन्दोलित छ। लामिछाने कास्की प्रहरीको हिरासतमा छन्।

रास्वपाले भने आन्दोलनलाई पोखराबाट काठमाडौंकेन्द्रीत गरेको छ । आन्दोलनको स्वरूपबारे आज शनिबार बस्ने केन्द्रीय समिति बैठकले थप निर्णय गर्नेछ।

पाटी बैठकबाट निर्णय गरेपछि मात्र काठमाडौंमा प्रदर्शन गर्ने भन्दै रास्वपाले शनिबारलाई तय भएका सडक प्रदर्शन तत्काललाई स्थगित गरेको छ ।

अबका विरोध कार्यक्रम केन्द्रीय समितिको बैठकले निर्णय गर्ने रास्वपाको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी गराउनुभयो ।

सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको जनाउँदै रास्वपाले विरोध प्रदर्शन गर्दै आएको छ भने सहकारी ठगीमा प्रत्यक्ष जोडिएका अन्य नेताहरुलाई पक्राउ नगरिंदा सरकारको चर्को आलोचना भैरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.