रविमाथि कुनै प्रकारको दुव्र्यवहार भएको छैन
जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कुनै दुव्र्यवहार नभएको दावी गरेको छ ।
बिहिबार म्याद थपका क्रममा अदालत लैजाँदा इजलासमा प्रहरीले दुर्व्यवहार गरेको, हातहतियारसहित इजलासमा प्रवेश गरेको भन्दै समाचार तथा सामाजिक सञ्जालमा प्रचार भएपछि प्रहरीले सो आरोप गलत भएको बताएको हो ।
कास्की प्रहरीले आइतबार एक प्रेस विज्ञप्ति जारी गरेर प्रहरी अनुसन्धानमा रहेका व्यक्तिमाथि दुव्र्यवहार भयो भन्दै भ्रामक तथा कपोकल्पित विचार सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको भन्दै यस्ता तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरुबाट जनमानसमा गलत सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने बताएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जारी गरेको विज्ञप्तिमा कसैले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहीन कुरालाई सम्प्रेषण नगरी, सही, सत्य र तथ्यमा आधारित सूचना, समाचार, सन्देशमात्र सम्प्रेषण गर्न अनुरोध गरिको छ ।
प्रतिक्रिया राख्नुहोस्