नेपाल काठमाडौंमा जारी साफ महिला च्याम्पियनसीपको फाइनलमा पुगेको छ । आइतबार साँझ सम्पन्न प्रतियोगिताको दोस्रो सेमिफाइनलमा नेपालले भारतलाई टाइब्रेकरमा ४-२ ले हराउँदै फाइनलमा पुगेको हो ।
हाफ टाइमपछि नेपालकी अग्र पङ्क्तिकी खेलाडी रेखा पौडेलले रातो कार्ड पाएपछि खेलमा विवाद उत्पन्न भएको थियो । भारतीय खेलाडीलाई फाउल गरेको भन्दै रेफ्रीले नेपालकी फरवार्ड रेखा पौडेललाई दोहोरो पहेँलो कार्ड देखाउँदै रातो कार्ड दिइएको थियो ।
खेलको दोस्रो हाफमा एकगोलले पछिपरेको अवस्थामा नेपालले गरेको गोललाई रेफ्रीले मान्यता नदिएपछि खेल लामो समय स्थगित भएको थियो ।
भारतका खेलाडीले गोल गरेर खुसीयाली मनाउँदै गर्दा नेपालले गोल गरेको पछि त्यसलाई मान्यता नदिएपछि होहल्लाका साथै तनाव सुरु भएको थियो ।
गोल मान्यता नदिएपछि एक घण्टा भन्दा बढी समय विवादका कारण खेल अवरुद्ध भयो । त्यसपछि नेपालकी सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिइन् ।
खेल पुनः सुरु भएको केही मिनेटमै साबित्रा भण्डारीले गोल गर्दै बराबरीमा ल्याएकी थिइन् । निर्धारित र इञ्जुरी समयमा थप गोल नभएपछि टाइब्रेकरमा पुगेको थियो ।
टाइब्रेकरमा भारतको दुई प्रहार नेपाली गोलरक्षकले रोकेकी थिइन् भने नेपालका चार प्रहार गोलमा परिणत भएको थियो । नेपालले ४–२ ले विजयी हुँदै फाइनलमा पुगेको हो ।
प्रतिक्रिया राख्नुहोस्