जापान

जापानमा सत्तारुढ दल एलडीपीले गुमायो बहुमत

जापानमा सात दशकदेखि शासन गर्दै आएको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले आम निर्वाचनमा बहुमत गुमाएको छ । जापानमा आइतबार भएको निर्वाचनमा नयाँ प्रधानमन्त्री शिगेरु इशिबा र उहाँको पार्टी एलडीपीले बहुमत गुमाएको हो ।

शिगेरु इसिबा

आइतबार भएको भएको निर्वाचनमा प्रधानमन्त्री शिगेरु इशिबाको र उहाँको गठबन्धनले ४६५ सदस्यीय तल्लो सदनमा आवश्यक बहुमत गुमाएको जापानी सरकारी समाचार माध्यमले जनाएको छ ।

जापानको तल्लो सदनमा रहेको ४६५ सीटमध्ये एलडीपीले १९१ सिट मात्रै जितेको छ । एलडीपीको सत्ता साझेदार दलको समेत गरी प्रधानमन्त्री इशिबाको पक्षमा २१५ सिट भएको छ । तर बहुमतका लागि २३३ सिट आवश्यक पर्चा । एलडीपीका लागि यो नतिजा सन् २००९ पछिकै खराब हो ।

प्रधानमन्त्री इशिबाले निर्वाचन अघि नै निकै कठिन परिस्थितिको सामना गर्नु परेको अभिव्यक्ति दिनुभएको थियो । सन् १९५५ मा पार्टी स्थापना भएदेखि लगातारजसो शासन गर्दै आएको एलडीपीले सन् २००९ मा भएको निर्वाचनमा पनि बहुमत गुमाएको थियो । तर अरु दलसँगको साझेदारीमा एलडीपीले नै शासन गर्दै आएको छ ।

विगत सात दशकदेखि जापानमा शासन गर्दै आएको एलडीपीको नेतृत्वका लागि गत महिना भएको निर्वाचनमा झिनो बहुमतका साथ निर्वाचित भएपछि पूर्व रक्षामन्त्रीसमेत रहेका ६७ वर्षीय इशिबाले प्रधानमन्त्रीको पदभार ग्रहण गर्दै मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको थियो ।

अघिल्लो निर्वाचनमा एक्लै २४७ सिट जितेको एलडीपी यसपटक १९१ सिटमा खुम्चिएको छ । तर विश्वको चौथो ठूलो अर्थतन्त्र भएको जापानमा बढ्दो मूल्यवृद्धि र पूर्वप्रधानमन्त्री फुमियो किशिदाको ख्यातिमा असर पारेको उपहार काण्डले मतदातालाई निराश पारेको छ । यसअघि निर्वाचन सकिएलगत्तै सार्वजनिक गरिएका मत सर्वेक्षण परिणाममा पनि एलडीपीले बहुमत गुमाउने प्रक्षेपण थियो ।

इशिबा सरकारले निराश ग्रामीण क्षेत्रहरूलाई पुनर्जीवित गर्ने र जापानको घट्दो जनसङ्ख्याको ‘शान्त तर आपतकालीन स्थिति’ लाई लचिलो कार्यघण्टा जस्ता परिवार–अनुकूल उपायहरू मार्फत सम्बोधन गर्ने प्रतिज्ञा गरेको छ।

उहाँले विवाहित दम्पतीलाई छुट्टाछुट्टै उपनाम लिन अनुमति दिनेलगायतका विषयमा आफ्नो अडानबाट पछि हट्नुभएको छ। उहाँले आफ्नो मन्त्रिमण्डलमा दुई जना मात्र महिलालाई मन्त्रीका रूपमा नियुक्त गर्नुभएको छ ।

जापानी भाषामा ‘गीक’ भनिने आत्म–स्वीकृत सुरक्षा नीतिले चीनलाई प्रतिकार गर्न नेटोको तर्जुमा क्षेत्रीय सैन्य गठबन्धनको निर्माणको समर्थन गरेको छ। यद्यपि उहाँले यो ‘रातारात हुनेछैन’ भनी शैन्य गठबन्धनको निर्माण तत्काल कार्यान्वयनमा नजाने बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.