राजनीति

लोकतन्त्र बचाउन लाग्दा मधेसको शिक्षा र स्वास्थ्य ध्वस्त : पूर्वराष्ट्रपति यादव

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले देशको लोकतन्त्र बचाउन लाग्दा मधेसको शिक्षा र स्वास्थ्य ध्वस्त भएको बताउनुभएको छ ।

लोकतन्त्र बचाउन लाग्दा मधेसको शिक्षा र स्वास्थ्य ध्वस्त : पूर्वराष्ट्रपति यादव

जनकपुरधाममा राजर्षिजनक विश्वविद्यालयको सातौँ वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा यादवले तराई मधेसको शिक्षा राजनीतिक नेतृत्वको पहलकदमीमा स्थानीय दानविरहरुको दान र त्यागले स्थापित भए पनि पछिल्लो समय बचाउन नसकिएको बताउनुभयो ।

उहाँले जनकपुरधामसहित धनुषाका विभिन्न तत्कालीन चर्चित विद्यालयको उदाहरण दिँदै सबै विद्यालय निर्माणको पहलकदमी राजनीतिक दलका नेताहरुले लिएको र समाज शिक्षित बनेको तर पछिल्लो समय राजनीतिकै कारण शिक्षा र स्वास्थ्य धराशायी बनेकामा दुःख व्यक्त गर्नुभयो ।

पूर्वराष्ट्रपति यादवले प्राकृतिक स्रोत र कृषि उत्पादन ध्वस्त भएकाले यसमा काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) अध्यक्ष महन्थ ठाकुरले जनकपुरधाममा राजर्षिजनक विश्वविद्यालय स्थापनामा राज्य संयन्त्रले आनाकानी गरेकामा उक्त संयन्त्रलाई चुनौति दिएपछि मात्र स्थापना भएको स्मरण गराउनुभयो । उहाँले विश्वविद्यालय बचाउनु सबैको कर्तव्य रहेको बताउनुभयो ।

पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधीले आफूहरुले विश्वविद्यालय स्थापनाका लागि जिल्लास्तरीय अभियान सञ्चालन गरेर अर्थ जुटाउनेसम्मको काम गरेको स्मरण गराउनुभयो । उहाँले विसं २०७४ मा सङ्घीय सरकारले विश्वविद्यालयको रुपमा घोषणा गर्दा लोकतन्त्र स्थापनाको जस्तै खुसी महसुस भएको बताउनुभयो ।

सो अवसरमा विश्वविद्यालय स्थापनामा अहम भूमिका खेलेका लोसपा अध्यक्ष ठाकुर, कांग्रेस नेता तथा पूर्वउपसभापति निधी, प्रदेशसभा सदस्य रामसरोज यादवलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, मधेस प्रदेश पूर्वअर्थमन्त्री एवं प्रदेशसभा सदस्य भरतप्रसाद साह, मधेस प्रदेशका शिक्षा तथा सांस्कृतिकमन्त्री रानी शर्मा तिवारी, विश्वविद्यालयका उपकुलपति डा अमरप्रसाद यादव, रजिस्ट्रार सत्यनारायण साहसहितको उपस्थिति थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.