संस्कृति

‘समाजलाई समृद्ध बनाउन सबै समुदायका संस्कृति, मौलिक परम्परा र चाडपर्वको महत्व छ’

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विविधतायुक्त नेपाली समाजलाई समृद्ध बनाउन सबै समुदायका संस्कृति, मौलिक परम्परा, चाडपर्वको महत्व रहेको बताउनुभएको छ ।

माधवकुमार नेपाल

हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो पर्व तिहारका अवसरमा शुभकामना दिँदै उहाँले देशको पहिचान र परम्परालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न हरेक समुदायले आफ्नो मौलिक, धर्म, संस्कृतिको संरक्षण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त समाजले समग्र नेपालीलाई एकताबद्ध गरी राष्ट्रियतालाई बलियो बनाउने उल्लेख गर्नुभयो ।

विभिन्न चाडपर्व, धार्मिक परम्परा र संस्कृतिले मानव जीवनमा सकारात्मक ऊर्जा प्रदान गर्ने बताउँदै उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं प्रगतिको कामना गर्नुभएको छ । अध्यक्ष नेपालले संस्कृतिको संरक्षणबाट विभिन्न समुदायबीच आपसी मेलमिलाप, सहअस्तित्व, भ्रातृत्व, सामाजिक सद्सुदृढ गरी सामाजिक एकता कायम गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.