साहित्य

विकलको ९६ औं जयन्ती सम्पन्न

नेपाली साहित्यका महान स्रष्टा आख्यानकार रमेश विकलको ९६औँ विकल जयन्ती सम्पन्न भएको छ । कार्तिक १९ गते सोमबार रमेश विकल साहित्य प्रतिष्ठान, आरुबारीमा विकल जयन्ती सम्पन्न भएको हो ।

संघीय संसद प्रतिनिधिसभा सदस्य तथा अर्थसमितिका सभापति सन्तोष चालिसेको प्रमुखख आतिथ्यमा सम्पन्न समारोहमा उहाँले विकलको साहित्यिक छत्रछायाँमा आफू मात्र नभएर यस भेगका थुप्रै मान्छेहरुले सत्चरित्र निर्माण गर्न सकेको बताउनुभयो ।

चालिसेले पाछिल्लो पुस्तालाई सत्मार्गमा लाग्न प्रोत्साहन गरिरहने कीर्तिशेष आख्यानकार विकलको समाजसेवी व्यक्तिवको पाटोबारे प्रकाश पार्दै ४० को दशकमा काठमाडौ उत्तर पूर्व भेगमा विकलको नेतृत्वमा भएका नाटक प्रदर्शनी र आफू पनि त्यसको पात्र भएको रोचक प्रसँग पनि सुनाउनु भयो ।

कार्तिक महिनाको वर्षादले प्रतिष्ठानको प्राङ्गणमा आयोजना हुन नसकेर सागुरो कक्षमा खांदिएको उक्त गहकिलो कार्यक्रमप्रति लक्षित गर्दै चालिसेले सभा कक्ष निर्माणमाका लागि शहरी विकास मन्त्रालय मार्फत ५० लाखको बराबरको अनुदान पारित गराउन पहल गरेको जानकारी गराउनु भयो ।

समारोहका विशिष्ठ अतिथि गोकर्णेश्वर नगर पालिकाका नगरप्रमुख दीपक रिसालले आफ्नो कार्यकालभित्र विकलका सम्पूर्ण कृतिलाई एकत्र गरी सँरक्षण गर्न सघाउने हेतुले यो वर्ष पनि रमेश विकल समग्र खण्ड अन्तर्गत उहाँका बाल साहित्यको प्रकाशनार्थ नगरको वार्षिक बजेटमा रकम छुट्याइएको बताउनु भयो ।

विशेष वक्ता पूर्व राजदूत, समालोचक रमेशप्रसाद खनालले विकलको साहित्यिक तथा सामाजिक व्यक्तित्वका बारेमा प्रकाश पार्दै जनस्तरबाट स्थापित रमेश विकल साहित्य प्रतिष्ठानलाई साहित्यिक धामका रुपमा चित्रित गर्नुभयो ।

अर्का विशेष वक्ता पूर्व सचिव तथा समालोचक गोपी मैनालीले विकलका कृतिलाई विदेशी भाषामा अनुवाद गर्ने कार्यलाई पनि जोड दिन आवश्य रहेको बताउँदै भन्नुभयो, “सर्जक कृतिमा बाँच्दछ, पाठकको हृदयमा अमरत्व पाउछ।”

प्रतिष्ठानका उपाध्यक्ष, ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति के के कर्माचार्यको सभापतित्व, कोषाध्यक्ष शाम्भ चालिसेको स्वागत तथा प्रतिष्ठानको महासचिव, साहित्यकार तथा पूर्व पत्रकार विजय चालिसेको धन्यवाद मन्तव्य रहेको उक्त कार्यक्रमको संचालन महेन्द्र चालिसेले गर्नुभएको थियो ।

आपचारिका सभा अघि सोमबार विहान संविधान सभा सदस्य तथा वाग्मती प्रदेशका पूर्व मन्त्री रामेश्वर फुयाँलको आतिथ्यमा विकल चोक, आरुबारीमा रहेको अर्ध कदको शालिक तथा रमेश विकल साहित्य प्रतिष्ठानको प्राङगणमा रहेको पूर्ण कदको शालिकमा माल्यार्पण गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.