राजनीति
रास्वपाको प्रदर्शनमा अश्रुग्यास प्रहार
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेयता सो पार्टीका समर्थकहरुले निरन्तर पोखरामा प्रदर्शन गरिरहेका छन् ।
यही कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा पुर्याइनुभएका लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेको आरोप सो पार्टीले लगाउँदैआएको छ
।
यसबीच आज मंगलबार विरोधमा प्रदशर्नमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । रास्वपाका नेता कार्यकर्ताले रत्नचोक हुँदै वाइ चोकमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।
आज लामिछानेलाई म्याद थपका लागि तेस्रोपटक अदालत उपस्थित गराउने बेला भिड निषेधित क्षेत्र तोड्न खोजेपछि नियन्त्रण गर्न प्रहरीले ४ राउन्ड अश्रुग्यास प्रहार गरेको हो ।
प्रतिक्रिया राख्नुहोस्