राजनीति

प्रधानमन्त्री ओली अस्वस्थ, अत्यावश्यकबाहेक भेटघाट र कार्यक्रम स्थगित

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ । उहाँलाई ज्वरो आएपछि अत्यावश्यक बाहेक अन्य भेटघाट र नियमितत कार्यक्रम स्थगित गर्नुभएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालका अनुसार उहाँ अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुावटारमा आराम गरिरहनुभएको छ।

सिलवालले भन्नुभयो, ‘‘सामान्य ज्वरोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आज अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम राख्नुभएको छैन। उहाँ प्रधानमन्त्री निवास, बालुवाटारमा आराम गरिरहनुभएको छ।’’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.