जन सरोकार

एकसय ४१ वर्ष पुरानो प्रिन्टिङ प्रेस त्रिविलाई हस्तान्तरण (भिडियो)

विश्वमा छपाई मेसिनको विकास भएको लामो समयपछि नेपालमा छापाखाना संचालनमा आएको थियो । नेपालको पहिलो छापाखाना ‘गिद्धे प्रेस’ हो ।

यो प्रेस प्रधानमन्त्री जंगबहादुर राणाले आफ्नो एक वर्षे बेलायत भ्रमण सकेर नेपाल फर्कदा वि.सं. १९०८ मा आफ्नो साथमा ल्याएका थिए ।

विगतका प्रिन्टिङ प्रेस अहिले पुरातात्विक भैसकेको अवस्थामा कार्तिक २० गते मंगलबार सन् १८८३ मा निर्मित प्रेस त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागलाई हस्तान्तरण गरिएको छ ।

सो प्रेस पंचायतकालका प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल नेतृत्वको मन्त्रिपरिषद्मा शिक्षा तथा सञ्चार राज्यमन्त्री रहनुभएका स्वर्गीय राधाप्रसाद घिमिरेकी कान्छी बुहारी दुर्गा घिमिरेले हस्तान्तरण गर्नुभएको हो ।

विराटनगर–२ स्थित घिमिरेको निवासमा रहेको सो प्रेस त्रिवि त्रकारिता विभागका प्रमुख कुन्दन आर्यालयलाई स्वर्गीय घिमिरेकी कान्छीबुहारी दुर्गा घिमिरेले हस्तान्तारण गर्नुभएको हो ।

पूर्वराज्यमन्त्री घिमिरेले २०१५ को आम निर्वाचनमा पर्चा, ‘पोस्टर’ छाप्न भारतको कोलकाताबाट खरिद गरी विराटनगरको रङ्गेली रोडमा पायोनियर प्रिन्टिङ प्रेस २०१४ स्थापना गर्नुभएको थियो ।

त्यस अवसरमा आमसञ्चार विभाग प्रमुख अर्यालले यन्त्रका माध्यमबाट छापाखानाको इतिहासबारे ज्ञान प्राप्त गर्न विद्यार्थी तथा शोधकर्तालाई सहयोग पुग्ने बताउनुभयो ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजु थपलियाले उक्त यन्त्र छापा पत्रकारिताको जीवन्त इतिहास झल्काएको बताउनुभयो ।

मावअधिकारीकर्मी सुशील प्याकुरेल, वरिष्ठ पत्रकार कनकमणि दीक्षित, प्राध्यापक कृष्ण पोखरेल, महेन्द्र मोरङ क्याम्पसका प्रमुख रामअवतार शरण, दिनेश श्रेष्ठलगायतले मुलुकको प्रमुख व्यापारिक केन्द्रमध्येको एक विराटनगरमा छापाखानाको विकासक्रमका साथै जटिल समयमा पर्चा, समाचारलगायत पाठ्यसामग्री छापेर छापा पत्रकारिताको विकासमा योगदान गरेको चर्चा गर्नुभयो ।

राष्ट्रिय समाचार समिति सञ्चालक समितिका सदस्य एवं न्यू सृष्टी दैनिकका प्रधान सम्पादक शङ्कर खरेलको पहलमा उक्त मुद्रणयन्त्र विश्वविद्यालयले प्राप्त गरेको आमसञ्चार विभागका प्रमुख अर्यालले सोही अवसरमा जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.