विश्व समाचार

आफ्नो कार्यकाल अमेरिकाको लागि स्वर्णयुग हुने : ट्रम्प

अमेरिकाको राष्ट्रपति निर्वाचनमा विजयी हुने निश्चित भएपछि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नो आगामी कार्यकाल अमेरिकाका लागि ‘स्वर्ण युग’ हुने दाबी गर्नुभएको छ ।

निर्वाचनको अन्तिम परिणाम आउन बाँकी रहे पनि विजयी मतमा रहनुभएका ट्रम्ले फ्लोरिडा राज्यको पाल्म बिचमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै अमेरिकी जनताको शानदार जित भएको र आफ्नो कार्यकाल अमेरिकाका लागि स्वर्णयुग हुने बताउनुभएको हो ।

अमेरिकाको ४७ औं राष्ट्रपति हुने निश्चित भएसँगै पूर्व राष्ट्रपति समेत रहनुभएका ट्रम्पले आफू राष्ट्रपति पदमा विजयी मात्र नभएको अमेरिकाको लोकप्रिय मत पनि जितेको बताउँदै आधिकारिक रूपमा आवश्यक इलेक्टोरल कलेज भोटहरू प्राप्त नगरेको भए पनि त्यो प्राविधिक विषय भएको स्पष्ट गर्नुभयो ।

विभिन्न राज्यमा आफ्नो पक्षमा मतपरिणाम आउने क्रम जारी रहेको र आफूले कम्तिमा ३ सय १५ इलेक्टोरल मत ल्याउने ट्रम्पको दावी छ । विजयी हुन २ सय ७० इलेक्टोरल मत आवश्यक पर्दछ ।

ट्रम्पले सम्बोधन गरिरहेका बेला समर्थकहरूले भने ‘अमेरिका, अमेरिका’ भन्दै हुटिङ गरेका थिए भने सम्बोधन गर्दै ट्रम्पले सिनेटमा पनि रिपब्लिकनको नियन्त्रण पुनर्स्थापित भएको तर्फ इँगित गर्दै भन्नुभयो, “अमेरिकाले हामीलाई अभूतपूर्व र बलियो जनादेश दिएको छ ।”

उहाँले आफ्नो कार्यकालमा गर्ने कामहरुमा सीमा व्यवस्थापन गर्ने, देशलाई (विभाजनको पीडाबाट) अघि बढाउने बताउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.