संस्कृति

राष्ट्रपतिद्वारा गुह्येश्वरीमा छठी माताको पूजा आराधना

राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा पशुपति क्षेत्रस्थित गुह्येश्वरीमा निर्माण गरिएको छठ घाटमा पुगी छठी माताको पूजा आराधना गरी सूर्यलाई अघ्र्य दिनुभएको छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वका अवसरमा राजधानीका गुह्येश्वरी र कमलपोखरीमा हुने छठ पूजामा राष्ट्राध्यक्षका रुपमा राष्ट्रपति पनि सहभागी हुने परम्परा रही आएको छ । राष्ट्रपति पौडेललाई गुह्येश्वरी छठ पूजा समितिका पदाधिकारी र सदस्यले स्वागत गर्नुभएको थियो ।

गुह्येश्वरीस्थित वाग्मती किनारमा करिब सात सय छठ पूजा स्थल निर्माण गरिएको छ । छठ पूजास्थललाई आकर्षक रुपमा सजाइएको छ ।

कार्तिक शुक्ल षष्ठीका अवसरमा आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै छ । कार्तिक शुक्ल चौथीका दिनदेखि सुरु भएको छठ पर्वको आज मुख्य दिन हो ।

आज निराहार व्रत बसेका बर्तालुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिई रातभर छठ घाटमै जाग्राम बस्ने गर्छन् । छठको विधि भने कोजाग्रत पूर्णिमाका भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै सुरु भएको हो ।

कार्तिक शुक्ल सप्तमीका अवसरमा शुक्रबार बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएपछि चार दिन लामो छठको व्रत विधि समापन हुन्छ ।

गुह्येश्वरी क्षेत्रमा छठ पर्व मनाउन आउने भक्तजनको घुइँचो छ । मित्रपार्क चोकदेखि नै भक्तजन गुह्येश्वरी जाने लाममा लागेका छन् । यहाँको छठ पूजाको व्यवस्थापन गुह्येश्वरी छठ पूजा समितिले गर्दै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.