राजनीति

‘नागरिकमा देखिएको निरासा हटाउने काममा सरकार लागिपरेको छ’

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकमा देखिएको निराशा हटाउने काममा सरकार लागिपरेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) रेसुङ्गा नगरपालिकाको दोस्रो नगर अधिवेशनलाई सदरमुकाम तम्घासमा सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले चार महिनाको अवधिमा सरकारले महत्वपूर्ण कामको थालनी गरेको उल्लेख गर्नुभयो ।

राजनीतिक अस्थिरता अन्त्य गर्न, ओरालो लागेका अर्थतन्त्रलाई माथि उकास्न तथा सुशासन कायम गर्ने प्रयासमा सरकार रहेको उहाँको भनाइ थियो ।

देशको राष्ट्रिय स्वाधिनता र लोकतन्त्रको रक्षाका लागि सँगै लडेका दुई ठूला पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरेको उपमहासचिव ज्ञवालीले बताउनुभयो ।

पटकपटक सरकार परिवर्तनको खेलले मुलुकमा अस्थीरता बढेको, लोकतन्त्रप्रति जनतामा निरासा पैदा हुँदै जान थालको अवस्थामा मुलुकमा राजनीतिक स्थायित्वका लागि सरकारले काम गरिरहेको उहाँले बताउनुभयो ।

“एमालेले सत्तामा बस्दा होस् वा प्रतिपक्षमा, चुनाव जित्दा होस् वा हार्दा सधैँ जनताको पक्षमा काम गर्दैआएको छ”, उपमहासचिव ज्ञवालीले भन्नुभयो । कानुनको नजरमा सबै बराबर भएकाले गल्ती गर्नेलाई सजाय हुने उहाँको भनाइ थियो ।

एमाले सचिव गोकर्ण विष्टले वर्तमान समयमा एमालेलाई चारैतिरबाट घेराबन्दी गर्ने र बदनाम गर्ने प्रयत्न भइरहको बताउनुभयो । उहाँले सधैँ नकारात्मकता र निराशाले देश उभो नलाग्ने उल्लेख गर्दै पुराना पार्टीमाथि प्रश्न उठाएर देशमा नयाँ पार्टीले भ्रम पैदा गर्ने काम गरेको आरोप लगाउनुभयो ।

बलियो जनाधार र दूरदृष्टि भएका पार्टीलाई कमजोर बनाएर मुलुकमा अस्थिरता बढाउने प्रयत्न कदापी सम्भव नहुने सचिव विष्टको भनाइ थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.