राजनीति

उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

संसदको चौथो ठूलो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको बैठक भोलि शनिबार बिहान पार्टी कार्यालय बालाजुमा बस्ने भएको छ ।

बैठकमा आसन्न उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।

“हामी आगामी मङ्सिर १६ मा हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुँदैछौँ । उपनिर्वाचनको तयारी तथा समग्र राष्ट्रिय राजनीतिक मुद्दाका विषयमा मिहिन ढङ्गबाट छलफल गर्छाैँ ।”

सह–महामन्त्री बुर्लाकोटीले भन्नुभयो, “बैठकमा पार्टीको रानीतिक, साङ्गठनिकलगायत समसामयिक विषयमा छलफल हुनेछ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.