राजनीति

सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीश सर्वसम्मत अनुमोदन

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि सुनुवाइ गरी सर्वसम्मतिले अनुमोदन गरेको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले प्रस्तावित न्यायाधीश सर्वसम्मतिले अनुमोदन गरेको समितिका सभापति (ज्येष्ठ सदस्य) पशुपति शमशेर राणाले जानकारी दिनुभयो ।

प्रस्तावित न्यायाधीशद्वयले न्यायालय सुधारका कार्ययोजना प्रस्तुत गर्नुभएको थियोे । समितिमा प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुई वटा उजुरीसमेत परेको थियो ।

समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.