एनिमेशन रचनाकारहरुको संख्या बढाउन स्थलगत परीक्षा
जापानमा एनिमेसनको क्षेत्रमा बढीभन्दा बढी रचनाकारहरुको सहभागिता गराउने उद्देश्यसहित एनिमेटरको एक समूहले क्षमता मापनका लागि परीक्षाको आयोजना गरेका छन् ।
जापानमा एनिमेसनको क्षेत्र तीब्ररुपमा अघि बढिरहेका बेला बढीभन्दा बढी मानिसलाई यसमा सहभागी गराउन प्रोत्साहित गर्ने उद्देश्यले सो परीक्षा आयोजना गरिएको हो ।
गत शनिबार राजधानी टोकियो र ओशाकासहित जापानका ६ स्थानमा आयोजना गरीको एनिमेशन परीक्षामा १६ देखि ६१ वर्ष उमेरका लगभग ३ सय ५० जना सहभागि थिए ।
जापानी एनिमेशन संगठनका अनुसार यस क्षेत्रबाट सन् २०२२ मा लगभग २० अर्ब अमेरिकी डलर बराबर कारोबार भएको र माग बढिरहे पनि रचनाकारहरु पर्याप्त छैनन् ।
टोकियोमा परीक्षार्थीहरुले पेन्सिलको माध्यमबाट पात्रको अनुहारको विशेषता र रेखाहरुको चित्र बनाएका थिए । सहभागीमध्ये एक महिलाले चित्र बनाए पनि उनले व्यावसायिक एनिमेशनका बारेमा केही जानकारी नभएको बताएकी थिइन ।
एक उत्पादक कम्पनीमा कार्यरत २० देखि २९ वर्षकी ती महिलाले व्यावसायिकताका बारेमा केही थाहा नभए पनि आफूले उच्च गुणवत्तायुक्त एनिमेटर बनाउने लक्ष्इ रहेकाले परीक्षामा सामेल भएको बताइन ।
प्रतिक्रिया राख्नुहोस्