राजनीति

बालबालिकाका लागि समयानुकूल गुणस्तरीय पुस्तक आवश्यक

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय पुस्तक नीतिमा बालबालिकाका लागि उपयोगी र उनीहरुको व्यक्तित्व विकासका सहयोगी हुने पुस्तक प्रकाशनमा जोड दिनुभएको छ ।

मंगलबार विद्यालय तहका बालबालिका र स्वतन्त्र पाठकका लागि गुणस्तरीय पुस्तक कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा लेखक, प्रकाशक, अनुवादक लगायत सम्बद्ध सरोकारवालासंगको अन्तरक्रियामा उहाँले सो कुरामा जोड दिनुभएको हो ।

कार्यक्रममा मन्त्री भट्टराईले २०६४ साल‌देखि अध्ययन गरी तयार पारिएको पुस्तक नीतिको मस्यौदालाई बहुपक्षीय छलफल गरी आबश्यक्ता अनुसार परिमार्जन सहित स्वीकृत गरिने पनि बताउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र रुम टु रिडको संयुक्त आयोजनामा सञ्चालित कार्यक्रममा बालपुस्तक विकास तथा छनोट सम्बधी मापदण्ड २०८१ माथि पृष्ठपोषण सङ्‌कलन गरिनुका साथै राष्ट्रिय पुस्तक नीति २०८१ माथि अन्तरक्रिया समेत गरिएको थियो ।

अन्तरक्रियामा पुस्तक लेखन र प्रकाशनलाई व्यवस्थित गर्दै सिक्ने सिकाउने कुरालाई संस्कारका रूपमा विकास गर्न विविध सुझाव प्राप्त भएका र प्राप्त सुझावलाई समेटेर राष्ट्रिय पुस्तक नीतिलाई अन्तिम रूप दिइने मन्त्रालयले जानकारी दिएको छ।

कार्यक्रममा मन्त्रालयका सचिव, सहसचिव, प्राध्यापक, लेखक, प्रकाशक, वितरक, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.