जन सरोकार

जिल्ला अदालतका कर्मचारी घुससहित पक्राउ

अदालतभित्र चरम भ्रष्टाचार हुने गरेको र न्यायपालिकाको शुद्धिकरण आवश्यक रहेको भन्दै विभिन्न प्रतिवेदनहरु सार्वजनिक भएका छन् ।

अदालतको शुद्धिकरणका मुद्दा प्रधान न्यायाधीशदेखि सबै तहका न्यायाधीशहरुको पहिलो प्राथमिकतामा रहेको भनिए पनि अदालतभित्रको घूस काण्ड बेलाबेलामा सार्वजनिक हुने गरेको छ ।

यसै क्रममा मंगलबार जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारी घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेलाई घुस रकमसहित नियन्त्रण लिएको हो।

मङ्गलवार बेरितको बन्डा मुचुल्का बदर गर्ने बहानामा २० हजार घुस सहित नियन्त्रण लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

आयोग बुटवलका सूचना अधिकारी उपसचिव गीता आचार्यका अनुसार दुवै जनाबाट श्रोत नखुलेको ९६ हजार आठ सय रुपियाँसमेत बरामद भएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको आयोग कार्यालयले जनाएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.