राजनीति

धनराजलाई सिआईबी अफिसमा निम्ता गरेर सोधपुछ

सहकारी रकम ठगीमा प्रत्यक्ष संलग्न रहेको भन्दै संसदीय छानबिन समितिले किटानी गरिनुभएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले कार्यालयमा बोलाएर सोधपुछ गरेको छ ।

उपसभापति गुरुङ

सहकारी ठगीमा प्रत्यक्ष संलग्नता नपाइए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान भैरहँदा गुरुङलाई भने सिआईबीले निम्तो दिएर सोधपुछ गरेको छ ।

गुरुङमाथि अनुसन्धान नै गरेको भन्दै सरकारको आलोचना भैरहेका बेला यस प्रकरणले विरोधीहरुलाई जवाफ दिन भने सरकारले पाउने भएको छ ।

बुधबार लाजिमपाटस्थित सिआइबीको कार्यालयमा उहाँसँग मितेरी सहकारीको बचत रकम अपचलनका विषयमा उठेका प्रश्नका विषयमा सोधपुछ गरिएको ब्यूरो प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले राससलाई जानकारी दिनुभयो ।

बयान लिएपछि उहाँसँग घटना विवरण कागजसमेत गराइएको सिआइबीले जनाएको छ । ललितपुरमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रु १२ करोड ५० लाख रकम अपचलन भएको निवेदन परेपछि सिआइबीले अनुसन्धान गरिरहेको छ ।

धनराजमाथि १५ करोड ठगीको उजुरी, छानबिनको माग (भिडियोसहित)

सिआइबीद्वारा धनराज गुरुङ मुछिएको मितेरी सहकारीको अनुसन्धान सुरु

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.