राजनीति
भैरहवामा बयान सकिएलगत्तै रवि लामिछानेलाई पोखरा ल्याइयो
सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहनुभएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवाबाट पोखरा ल्याइएको छ ।
बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका लामिछानेलाई भैरहवामा बयान सकिएपछि पोखरा ल्याइएको हो ।
अनुसन्धानका सन्दर्भमा उहाँलाई गत मङ्गलबार पोखराबाट भैरहवा लगिएको थियो । शुक्रबार दिउँसो १ः३० बजे यति एअरलाइन्सको विमानबाट उहाँलाई पोखरा ल्याइएको कास्की प्रहरीका प्रवक्ता बसन्तकुुमार शर्माले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्