अर्थकर्पोरेट/पर्यटन

नेवानिका चारवटै जहाजबाट अन्तर्राष्ट्रिय उडान

नेपाल वायुसेवा निगमको चारवटै जहाजले अन्तर्राष्ट्रिय उडान नियमित गरेको छ । पछिल्लो समय निगमको ए–३३० वाइडबडी जहाज ‘नाइन एन–एएलजेड’ (मकालु) मर्मतपछि संचालनमा आएसंगै चारवट जहाजबाट नियमित उडान भएको हो ।

सो जहाज मर्मतका लागि तीन महिनाअघि इटाली लगिएको थियो । निगमका प्रवक्ता रमेश पौडेलले जहाजको नियमित सि–चेकको मर्मतपश्चात् नियमित उडान गर्न लागिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सि–चेकको मर्मतसम्भारपछि जहाज आइपुगेको छ । जहाज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थिया । आज बेलुकाबाटै उडान सुरु हुनेछ ।”

उक्त जहाजसहित निगमका चारवटै जहाजले अन्तर्राष्ट्रिय क्षेत्रमा नियमित उडान गरेसँगै यात्रुलाई थप सेवा पुग्ने विश्वास गरिएको प्रवक्ता पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.