जन सरोकार

चेक बाउन्स मुद्दामा कैद सुनाइएका फरार लामा पक्राउ

चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका काभ्रेपलाञ्चोकको तेमाल घर भई हाल काठमाडौँ महानगरपालिका–४ बस्ने सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौँले विसं २०८० चैत २७ गते दुई वर्ष कैद र रु ३० लाख बिगो तथा रु ३० लाख जरिवाना सजाय हुने फैसला गरेपछि फरार थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले फरार लामालाई पक्राउ गरिएको जानकारी दिंदै भन्नुभयो, “लामालाई हामीले पक्राउ गरेका छौँ, सजाय भुक्तानीका लागि अदालतमा उपस्थित गराएर कारागार पठाइने छ ।”

पक्राउ परेका लामा बुद्धचित्त र रक्तचन्दन व्यापारमा पनि मुछिएका तथा विसं २०७५ मा किसानको बुद्धचित्त लुटपाट गरेको आरोपमा पनि उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.