राजनीति

प्रधानमन्त्रीविरुद्ध भ्रम सिर्जना गरेको भन्दै दुर्गा प्रसाई पक्राउ

अभियन्ताा तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले साबर अपराधको आरोपमा पक्राउ गरेको छ । प्रसाईले प्रधानमन्त्री केपी ओली बिरुद्ध कुप्रचार गरेपछि पक्राउ गरिएको हो ।

प्रसाईले सोमबा प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा लगानी रहेको भ्रम फिंजाउँदै कागजात सार्वजनिक गर्नुभएको थियो ।

भिडियो सहितका ती विवरणहरु सामाजिक सञ्जालमा भाइरल समेत भएका थिए । केही मिडियाले समेत त्यसको सत्य परीक्षण नगरी भ्रम विस्तारमा सघाउ पुर्‍याएका थिए ।

सोही अभियोगमाा मंगलबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले वीर अस्पतालमा स्वास्थ्य जाँचपश्चात थप अनुसन्धानका लागि साइबर ब्‍यूरो भोटाहिटी पठाएको छ ।

कम्बोडियाको स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा प्रधानमन्त्री ओलीले २१ करोड अमेरिकी डलर बराबरको लगानी गरेको दाबी गर्दै प्रसाईंले फैलाएको भ्रमपूर्ण तस्वीर सामाजिक सञ्जालमा शेयर भइरहेको छ ।

तर, प्रसाईले प्रमाण ल्याएको भन्दै स्क्रिनमा सार्वजनिक गरेको ती कागजातका कुनै पनि विवरण विश्वसनीय नरहेको अनुसन्धान अधिकृतहरुको प्रारम्भिक निष्कर्ष छ ।

सार्वजनिक गरिएको विवरण फर्जी जस्तो देखिएपछि सीआईबी र त्यसअन्तर्गतको साइबर ब्यूरोले चासो देखाएको र प्रसाईंले प्रमाण भन्दै सार्वजनिक गरेको तस्वीरमा भएको प्रधानमन्त्री ओलीको हस्ताक्षर समेत फर्जी देखिएको छ ।

प्रधानमन्त्री ओलीको सचिवालयबाट अनलाइनखबरलाई प्राप्त उनको नागरिकता प्रमाणपत्रमा उल्लिखित नामसँग पनि प्रसाईंले सार्वजनिक गरेको विवरण मेल खाँदैन । नागरिकतामा उनको अंग्रेजी नाम केपी शर्मा र कोष्ठक चिह्नमा ओली लेखिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.