सन् २०२५ मा युद्ध कसले जित्छ भन्ने निर्णय निर्णय हुन : जेलेस्की
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार रुसी आक्रमणको एक हजारौँ दिनमा संसद्लाई सम्बोधन गर्दै सन् २०२५ मा युद्ध कसले जित्छ भन्ने निर्णय निर्णायक हुने बताउनुभएको छ ।
युद्धको निर्णायक क्षणमा युक्रेनका लागि ‘लचिलोपन योजना’ प्रस्तुत गर्दै उहाँले वासिङ्टनले किएभलाई अमेरिकी मिसाइलहरू रूसी क्षेत्रमा प्रहार गर्न लामो समयदेखि प्रतीक्षा गरिएको स्वीकृति दिएपछि सो कुरा बताउनुभएको हो ।
“निर्णायक क्षणहरूमा – र तिनीहरू अर्को वर्ष आउँदैछन् – हामीले संसारमा कसैलाई पनि हाम्रो सम्पूर्ण राज्यको लचिलोपनमा शङ्का गर्न दिनु हुँदैन । साथै यस चरणमा कसले जित्नेछ भन्ने निर्णय भइरहेको छ” ।
जेलेन्स्कीले युक्रेनी सांसदहरूलाई भन्नुभयो, “यो युद्ध पोक्रोभस्क, कुपियान्स्क वा अन्य कुनै सहर, नगर वा गाउँका बारेमा मात्र होइन, हाम्रो यो वा त्यो क्षेत्रको बारेमा मात्र होइन । यो युद्ध सम्पूर्ण युक्रेनका बारेमा हो, यो युद्ध सम्पूर्ण युरोपका बारेमा हो, सम्पूर्ण विश्वको व्यवस्था वा अराजकताको बारेमा हो ।”
मस्कोले जाडोअघि युक्रेनी सहरहरूमा हवाई आक्रमणहरू उल्लेखनीय रूपमा बढाएको छ र उत्तर कोरियाबाट युद्धमा प्रयोग गर्न १० हजारभन्दा बढी लड़ाकू सैनिक प्राप्त गरेको छ ।
कूटनीतिक मोर्चामा संयुक्त राज्य अमेरिकामा डोनाल्ड ट्रम्पको निर्वाचनपछि युद्ध अन्त्य गर्न सम्भावित शान्ति सम्झौताको चर्चा बढिरहेको छ ।
अमेरिकी सहायताको अनिश्चितताका बीच जेलेन्स्कीले किएभले अरू कसैलाई देशको भविष्य निर्णय गर्न दिनुहुँदैन भन्नुभयो । “यो एउटा यस्तो युद्ध हो जसले सम्पूर्ण राष्ट्रको भाग्य निर्धारण गर्छ र कसैले पनि हाम्रो लागि यो निर्णय गर्नु हुँदैन वा गर्न सक्दैन”, उहाँले भन्नुभयो ।
ट्रम्पका वक्तव्यहरूले युद्ध अन्त्य गर्न चाँडै सम्झौता गर्न लक्ष्य राखेको बताउँदै वासिङ्टनले किएभलाई क्षेत्रीय सम्झौता स्वीकार गर्न बाध्य पार्न सक्ने डर सिर्जना भएको छ ।
जेलेन्स्कीका अनुसार किएभले आफ्नो पूर्ण अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्षेत्रलाई पुनः प्राप्त गर्न रूसमा भ्लादिमिर पुटिनको शासनको अन्त्यसम्म पर्खनु पर्ने हुनसक्छ ।
“सम्भवतः युक्रेनले आफ्ना सबै लक्ष्यहरू हासिल गर्न मस्कोमा कसैलाई हराउनु पर्नेछ… सायद राज्यको पूर्ण अखण्डता पुनःस्थापना गर्न”, जेलेन्स्कीले युक्रेनको संसद्लाई सम्बोधन गर्दै भन्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्