क्यानडाबाट फर्किएकै भोलिपल्ट किन आत्महत्या गरे माझी दम्पत्तिले ?
आइतबार विहान काठमाडौंको सिनामंगलस्थित सिनामंगलको एक होटलमा मृत भेटिएका युवा–युवती शनिबारमात्र क्यानडाबाट फर्किएका श्रीमान्–श्रीमती रहेको खुलेको छ ।
नीहरू शनिबार बेलुकी अन्दाजी १८ः४५ बजेको समयमा उक्त होटलको चौथो तलाको कोठा नम्बर १२० भाडामा लिइ बसेको होटलको दर्ता किताबमा दर्ता गरेको पाइएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलमा खोटाङका रामजी कटुवालले सञ्चालन गरेको होटल जन्मभूमिमा उनीहरू एकै ठाउँमा मृत भेटिएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार मृतक सुनसरीका अन्दाजी ३४ वर्षीय रमेश माझी र पासपोर्टबाट नाम खुल्न आएको मोरङकी वर्ष अन्दाजी २९ की शर्मिलाकुमारी माझी रहेका छन् ।
उनीहरु होटलको कोठा नम्बर १२० को अगाडि बरन्डाको रेलिङमा सेतो कपडाको सलले पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् ।
प्रहरीले अहिले उक्त घटनाका विषयमा जिल्ला प्रहरी परिसर काठमाडौँ तथा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट समेत टोली खटाएर थप अनुसन्धान थालिएको अधिकारीले जानकारी दिनुभयो ।
विदेशबाट फर्किएकै दिन आफ्नो घर नगइ होटलमा बसेर आत्महत्या गर्नुको कारण पारिवारिक झमेला हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्